राष्ट्रियस्तरका विकास बैंकको नाफा ९.३९ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

राष्ट्रियस्तरका विकास बैंकको नाफा ९.३९ प्रतिशतले वृद्धि

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । राष्ट्रियस्तरका विकास बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा साढे ५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन्। बैंककाे वित्तीय विवरणअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले ५ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्।

अघिल्लो वर्ष यी बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ९.३९ प्रतिशतले नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक अग्र स्थानमा रहेको छ । बैंकले यसअवधिमा १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा सर्वोधिक नाफा बढाउने कम्पनीमा सांग्रिला डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । बैंकले यसअवधिमा आफ्नो नाफा ९२.४७ प्रतिशतले बढाएर ५२ करोड ४ लाख रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २७ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

साथै, यसअवधिमा नाफा सबैभन्दा धेरै हुने कम्पनीको दोस्रो नम्बरमा गरिमा विकास बैंकको १०.१६ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ, तेस्रो नम्बरमा रहेको शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको ७.९९ प्रतिशतले घटेर ६९ करोड ७४ लाख रुपैयाँ, चौथो नम्बरमा रहेको लुम्बिनी विकास बैंकको २१.३२ प्रतिशतले बढेर ६० करोड ३७ लाख रुपैयाँ र पाँचौ नम्बरमा रहेको खकामना सेवा विकास बैंकको ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ ।

यता, महालक्ष्मी विकास बैंकको २४.५२ प्रतिशतले बढेर ४७ करोड १ लाख रुपैयाँ र ज्योति विकास बैंकको १८.३३ प्रतिशतले घटेर २४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार १३:२९ 5 August, 2024 1:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।