शेयर बजार बढ्दैमा सबै राम्रो भयो, अर्थतन्त्रमा पनि सुधार आयो भन्न मिल्दैनः पुर्वअर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शेयर बजार बढ्दैमा सबै राम्रो भयो, अर्थतन्त्रमा पनि सुधार आयो भन्न मिल्दैनः पुर्वअर्थमन्त्री महत



काठमाडाैं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले शेयर बजार बढ्दैमा सबै राम्रो भयो, अर्थतन्त्रमा पनि सुधार आयो भन्न नमिल्ने बताएका छन् ।

।अर्थसमितिको शुक्रबारको बैठकमा उनले शेयर बजार कतिसम्म अगाडि जान्छ त्यो हेर्न बाँकी नै रहेको बताए । साथै उनले अहिले नै अर्थतन्त्र सुधार भयो भनेर हल्ला पनि सुनिन थालेको बताए । उनले आफू अर्थमन्त्री हुँदा पनि शेयर बजार १ हजार ८०० विन्दुबाट २ हजार २०० सम्म ल्याएको तर लचिलो मौद्रिक ल्याउन गभर्नर महाप्रसाद अधिकारी तयार नभएको खुलासा पनि गरे ।

उनले व्यँग्य गर्दै भने, ‘अहिलेको बजार बढाईलाई कतिपयले अर्थमन्त्री र गभर्नरको ट्युनिङ मिलेको पनि भन्छन् ।’

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार १८:४८