काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा समता घरेलु लघुवित्तको सेयर सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १४ लाख ८४ हजार ७८५ कित्ता सेयर सूचीकृत भएको हो ।
साविकको समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई १ः१ अनुपातमा प्राप्ति गरेपश्चात मनकामना स्मार्ट लघुवित्तको नाममा रहेको उक्त सेयर समता घरेलु लघुवित्तको नाममा सूचीकृत भएको छ । यससँगै मनकामना स्मार्ट लघुवित्तको सूचीकरण खारेज भएको छ ।
Comment