प्रभु बैंकले झापाको दुर्गापुरमा सञ्चालनमा ल्यायो नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले झापाको दुर्गापुरमा सञ्चालनमा ल्यायो नयाँ शाखा



काठमाडौं । प्रभु बैंकले झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । कम्पनीका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले उक्त शाखा कार्यालयको एक समारोहका बीच बिहीबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा विशेष अतिथिको रुपमा कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना दिएका थिए । सोही अवसरमा कम्पनकिा कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक अवस्था चलायमान बनाउन नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको बताए ।

कम्पनीले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत् करिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित : १८ श्रावण २०८१, शुक्रबार १५:३१