पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य



काठमाडौं । सेवानिवृत्त कर्मचारीलाई निवृत्तभरण (पेन्सन) पाउनका लागि लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। अर्थ मन्त्रालय अन्तर्गतको निवृत्तभरण व्यवस्थापन कार्यालयले पेन्सन वितरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो।

यसका लागि आवश्यक व्यवस्था मिलाउन कार्यालयले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पत्राचार गरेको छ। कार्यालयले पहिलो चरणमा साउन १ गतेदेखि २८ जिल्लामा पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

यसैगरी दोस्रो चरणअन्तर्गत ३८ जिल्लामा माघ १ देखि र तेस्रो चरणमा भने २०८२ साउन १ देखि ११ जिल्लामा पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

प्रकाशित : १७ श्रावण २०८१, बिहीबार १५:०३