एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार म्युचुअल फन्डले आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) का इकाईधनीहरुलाई १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई ९.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यी फण्डहरुको कोष प्रबर्द्धक एनआईसी एशिया बैंक लिमिटेड रहेको छ।

प्रकाशित : १७ श्रावण २०८१, बिहीबार ११:२९