काठमाडौं । बुधबार सेयर बजारमा हालसम्मकै उच्च कारोबार भएको छ। यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका सेयर कारोबार भएको थियो। । आज बजार ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ।
आज बजारमा ३३२ कम्पनीका पाँच करोड नौं लाख ३८ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८९ करोड ६७ लाख ३१ हजार ६७८ रुपैयाँको सेयर कारोबार भएको छ । १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै अन्य ११ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आज कारोबार भएको सिभिल बैंक डिबेञ्चरका इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन् ।
Comment