टोलटोलमा बैंकका शाखा पुगिसके सहकारीकाे आवश्यकता नै छैन:सूर्य थापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

टोलटोलमा बैंकका शाखा पुगिसके सहकारीकाे आवश्यकता नै छैन:सूर्य थापा



काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् । 

मंगलवार समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा उनले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताए । थापाले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको बताए । 

काठमाडौंका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको थापाको तर्क छ । उनले सबैभन्दा ठगी गर्ने र सहकारीको बर्खिलाभमा चल्ने सहकारी काठमाडौं शहरमा भेटिएको बताउँदै सहकारीमा १४ करोडसम्म बचत गर्ने गरेको पाइएको बताए । 

थापाले १० लाखभन्दा बढी बचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको बताए । उनले सुशासनको सन्दर्भमा सबै सहकारी अभियान्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगीहरुले बिगारेको बताए । 

समितिले छानविन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको उनले बताए । थापाले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजिको विषय भएको बताए । उनले सहकारीमा देखिएको अहिलेको गम्भीर समस्या सहकारी अभियन्ताहरुको पनि असफलता भएको बताए ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलवार १९:३२