एकै दिन बाग्लुङमा प्रभु बैंकको चार वटा शाखा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एकै दिन बाग्लुङमा प्रभु बैंकको चार वटा शाखा बिस्तार



काठमाडौं । प्रभु बैंक लिमिटेडले साउन १४ गते देखि बाग्लुङमा चार वटा शाखा बिस्तार गरेकाे छ । बैंकले बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा चार वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हाे ।

उक्त शाखाहरुको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले गरेका छन् । प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलवार १३:४३