लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारण सभा



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्तावसहित साउन ३१ गते पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा मध्याह्न १२:३० बजे विशेष साधारणसभा आह्वान गरेको हो ।

सभाले आईपीओको विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने जनाएकाे छ । सभाले आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीको प्रथम वार्षिक साधारण सभा चैत २ गते आयोजना भएको थियो ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलवार १३:२२