दुई म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई म्युचुअल फन्डको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले लाभांश घोषणा गरेका छन् । सोमबार बसेको सञ्चालक समितिको १४४ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट यी २ वटा योजनाका इकाईधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेका हुन ।

लक्ष्मी उन्नती कोषले कर सहित ७.५० प्रतिशत लाभांश घोषणा गरेको छ भने लक्ष्मी भ्यालु फन्ड-२ ले कर सहित ४.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलवार १३:१३