हिमालयन डिस्टिलरीलाई सर्वोत्कृष्ट गोल्ड पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

हिमालयन डिस्टिलरीलाई सर्वोत्कृष्ट गोल्ड पुरस्कार



काठमाडौं । हिमालयन डिस्टिलरीलाई सर्वोत्कृष्ट गोल्ड पुरस्कारबाट सम्मान गरिएको छ। हालै सम्पन्न इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को १० औं वार्षिक परिषदको कार्यक्रममा कम्पनीलाई प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ को पुरस्कारबाट सम्मान गरिएको हो ।

प्राप्त पुरस्कारबाट झनै हौसला र उत्साह मिलेको कम्पनीले जनाएको छ ।कम्पनीले उत्कृष्ट वार्षिक प्रतिवेदनलाई प्रतिस्पर्धाका लागि साउथ एसियन फेडरेसन अकाउन्टेन्टस (साफामा) समेत पठाइने जनाएको छ । आगामी दिनमा दक्षिण एशियाली स्तरमा नेपालको प्रतिनिधित्व गर्दै सुशासनको अभियानको नेतृत्व गर्न उत्साहित रहेको कम्पनीको भनाइ छ ।

कम्पनी सन् १९८५ मा स्थापना भई मुलुकै अग्रणी मदिरा उत्पादकको रुपमा स्थापित छ । कम्पनीले गोल्डेन ओक, ब्लाक ओक, सिल्भर ओक जस्ता मदिरा उत्पादन गर्दै आएको छ ।

प्रकाशित : 23 July, 2024 12:41 pm