अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजान नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा आफूमाथिको विश्वासको मतको प्रश्ताव प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । देशप्रति आम जनताको भरोसा टुटेको डर लाग्दो अवस्था मुलुकमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा व्याप्त निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तिब्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको बताए । उनले सरकारले सो काम गर्नेमा ढुक्क हुन पनि आग्रह गरे ।

‘मलाई सबैभन्दा डर लागेको देशप्रति आम जनताको भरोसा टुटेको स्थिति । तिनको मनोबल नराम्ररी गिरेको अवस्था छ । देशमा व्याप्त यही गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो,’उनले भने,‘यसमा सबै स्पष्ट हुनुभए हुन्छ । जनतामा भरोसा जगाउने गरी काम गर्न हाम्रो सरकारको मुख्य ५ वटा प्राथमिकता रहेका छन । पहिलो प्राथमिकता थालेको काम सक्ने ।’ प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था दयनीय रहेको पनि उल्लेख गरे ।

प्रकाशित : ६ श्रावण २०८१, आइतबार १४:४६ 21 July, 2024 2:46 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।