सेयर बजारमा उच्च अंकले बृद्धि, काराेबार रकम साढे १५ अर्ब नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा उच्च अंकले बृद्धि, काराेबार रकम साढे १५ अर्ब नाघ्याे



काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकले बृद्धि भएको छ । आज सेयर बजार ५९.६८ अंकले बढेर २४२४ को विन्दुमा कायम भएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ।

आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३१२ कम्पनीको तीन करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, अपर तामाकोशीको ३८ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ३० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सबैभन्दा धेरै कुमारी सबल योजनाका इकाईधनीले गुमाएका छन् ।

प्रकाशित : ३ श्रावण २०८१, बिहीबार १५:२४