आरएसडिसी लघुवित्तकाे नाफा ३६.४७ प्रतिशतले बढ्याे, अन्य सूचककाे कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आरएसडिसी लघुवित्तकाे नाफा ३६.४७ प्रतिशतले बढ्याे, अन्य सूचककाे कस्ता छन् ?



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशतले बढेको छ।

संस्थाले चौथौ त्रैमाससम्म १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १० करोड ७४ लाख खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । संस्थाले समीक्षा अवधिसम्म २४ करोड ४७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.२२ प्रतिशतले कम हो । गत आवको चौथो त्रैमाससम्म संस्थाले २८ करोड ८६ लाख खुद ब्याज आम्दानी गरेको थियो।

संस्थाको बढेर खुद सञ्चालन मुनाफा २६ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने समीक्षा अवधिसम्म संस्थाले कर्मचारीका लागि चार करोड ३८ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च एक करोड १२ लाख रुपैयाँबराबर गरेको छ ।

संस्थाको रिटेन्ड अर्निङ भने १४.७१ प्रतिशतले घटेर छ करोड ७६ लाख रुपैयाँमा सीमित बनेको छ । चौथो त्रैमाससम्म संस्थाले ६५ लाख ६६ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात १.४० प्रतिशतबाट बढेर ३.३१ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१५.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७०५.७६ रुपैयाँ, पीई रेसियो ४४.५६ गुणा र प्रतिसेयर नेटवर्थ १२४.५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ३ श्रावण २०८१, बिहीबार ११:४९