विजय लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न,एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

विजय लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न,एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै‌ । विजय लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिएर थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’बाट २ जना सञ्चालक नियुक्त गर्ने र कम्पनीको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूह ‘क’बाट लोकबहादुर खड्का, कमलप्रसाद ज्ञवाली, कपिल न्यौपाने र खेमराज सापकोटालाई निर्वाचित गरेको छ । साथै, सर्वसाधारण समूह ‘ख’बाट संजिव ढकाल र उमेश घिमिरेलाई नयाँ सञ्चालकको रूपमा निर्वाचित गरेको छ ।

प्रकाशित : १ श्रावण २०८१, मंगलबार ११:४८ 16 July, 2024 11:48 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।