काठमाडौं । सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाएको छ । मंगलबार पनि छापावाला सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको थियो । साताको दोस्रो कारोबार दिन सुन १ लाख ४६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज तेजावी सुनको भाउ भने १ लाख ४७ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।
Comment