सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर विक्री गर्ने भएको छ । बैंकले चार जना संस्थापक सेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले हाल संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउने गरी सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बैंकले तोकेको उक्त समयावधिभित्र बैंकका कुनै पनि संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन पेश नभएमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बताएको छ ।

प्रकाशित : ३१ असार २०८१, सोमबार १४:२१