अधिकांश वाणिज्य बैंकहरुकाे घट्यो ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अधिकांश वाणिज्य बैंकहरुकाे घट्यो ब्याजदर, कुन बैंकमा कति पाइन्छ ब्याज ?



काठमाडौं । साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन।

जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७४ प्रतिशत कायम भएको छ । असार महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८७ प्रतिशत थियो । यसरी साउन महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ ।

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.४८ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१२ प्रतिशतविन्दुले कम हो। असार महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत थियो ।

साउन महिनाका लागि २ वटा बैंकले मात्रै ब्याजदर बढाएका छन् भने १३ वटाले घटाएका छन् । यस्तै ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् ।

असारको तुलनामा साउनमा कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर केही बढाएका छन् । त्यस्तै नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्डले स्थिर राखेका छन् ।

कुन बैंकको ब्याजदर कति ?

एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

त्यस्तै, नेपाल बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकको व्यक्तिगततर्फ अधिकतम ६.७५ र संस्थागतर्फको अधिकतम ४.७५ प्रतिशत ब्याजदर कायम थियो ।

कुमारी बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागतर्फ ५.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७६ प्रतिशत र संस्थागतर्फ ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले साउन महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एभरेष्ट बैंक बैंकले साउन महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ ६.३० र संस्थागततर्फ अधिकतम ५.३० प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.७५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनएमबी बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । असार महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फ दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको थियो ।

हिमालयन बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततर्फ ६.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिएको थियो ।

सानिमा बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६।४० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ । जुन असार महिना क्रमशः ६.८ र ५.८ प्रतिशत कायम रहेको थियो ।

प्राइम कमर्सियल बैंकले साउन महिनाका लागि ब्याजदरमा कटौति गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

माछापुच्छ्रे बैंक साउन महिनाका लागि बैंकले ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर दिएको थियो।

नेपाल एसबीआई बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३० प्रतिशत र संस्थागततर्फ ५.३० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।

सिद्धार्थ बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।

नबिल बैंक साउन महिनाका लागि नबिल बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

प्रकाशित : ३१ असार २०८१, सोमबार १३:१०