काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ विन्दुमा बन्द भएको छ । जुन विन्दु आज भन्दा दुई वर्षअघिको विन्दु हो । यसअघि २०७९ जेठ ४ गते नेप्से सूचक २२७४ विन्दुमा थियो । त्यसयता बजार यो विन्दुमा आइपुग्न सकेको थिएन । २०८० माघ ४ गते नेप्से सूचक २२०० विन्दुबाट पुन झरेपछि २२०० विन्दुमा गत साता प्रवेश गरेको थियो । तर,आजको बजार २ वर्षपछि यो विन्दुमा आइपुगेको हो।
आज सेन्सेटिभ इण्डेक्स ९.५९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक बढेको छ। त्यस्तै , आज ३०९ कम्पनीको दुई करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच हुदाँ सात अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँको सेयर किनबेच भएको छ। कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ।
कारोबार रकमका आधारमा आज जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
Comment