काठमाडौं । कांग्रेसको समर्थनमा आफू नेतृत्वको सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । उनलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार राष्ट्रपति कार्यालयले आज नियुक्त गर्ने भएको हो ।
राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्ने समयसीमा आज साझ ५ बजेसम्म तोकेकोले त्यसलगत्तै ओलीको नियुक्ति हुनेछ। ओली आज चौथोपटक नेपालको प्रधानमन्त्री बन्न लागेका हुन् ।
ओलीको सपथ भने सोमबार बिहान ११ बजेलाई राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Comment