११ महिनामा विकास बैंकले कमाए करिब पाँच अर्ब खुद नाफा,मुक्तिनाथ विकास बैंकले सर्वाधिक कमाउँदा ५ बैंक घाटामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

११ महिनामा विकास बैंकले कमाए करिब पाँच अर्ब खुद नाफा,मुक्तिनाथ विकास बैंकले सर्वाधिक कमाउँदा ५ बैंक घाटामा



काठमाडौं । विकास बैंकहरुले जेठ मसान्तसम्म चार अर्ब ९५ करोड रुपैयाँ खुद मुनाफा अर्जान गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले ११ महिनाको अवधिमा उक्त मुनाफा आर्जन गर्न सफल भएका हुन् ।

यसरी धेरै खुद नाफा आर्जन गर्नेहरुमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा छ । उक्त कम्पनीले पछिल्लो उक्त अवधिमा एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी, गरिमा विकास बैंकले ८५ करोड रुपैयाँ खुदा नाफा आर्जन गर्दा साइन रेशुङ्गा डेभलपमेन्ट बैंकले ६७ करोड रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै महालक्ष्मी विकास बैंकले ५५ करोड रुपैंया, कामना सेवा विकास बैंकको ४८ करोड रुपैंया, लुम्बिनी विकास बैंकले ४२ करोड रुपैंया, सांग्रिला डेभलपमेन्ट बैंकको ३५ करोड, ज्योति विकास बैंकले ३० करोड रुपैंया नाफा आर्जन गरेका छन् ।

उक्त अवधिमा पाँच विकास बैंक घाटामा रहेका छन् । घाटा व्योहोर्नेहरुमा एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सालपा डेभलपमेन्ट बैंक रहेका छन् ।

प्रकाशित : २८ असार २०८१, शुक्रबार १९:५३