वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४५ करोड, कुनकाे कति (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४५ करोड, कुनकाे कति (सूचीसहित)



काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ११ महिनामा ५६ अर्ब ४५ करोड रुपैयाँ खुद मुनाफा गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले जेठ महिनामा मात्रै सात अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका हुन्।

१० महिनामा ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका वाणिज्य बैंकले ११ महिनामा ५६ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ। बैंकले समिक्षा अवधिसम्ममा छ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

यसैगरी, ग्लोबल आइएमई बैंकले ११ महिनामा पाँच अर्ब नौं करोड रुपैयाँ मुनाफा आर्जन गर्दै नबिल बैंकलाई पछ्याएको छ । त्यसपछि नेपाल इन्मेष्टमेन्ट मेगा बैंकले चार अर्ब ३८ करोड, प्राइम कमर्सियल बैंकले तीन अर्ब ५५ करोड, एभरेष्ट बैंकले तीन अर्ब ३१ करोड, राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब छ करोड मुनाफा आर्जन गरेका छन् ।

यस्तै, प्रभु बैंकले तीन अर्ब तीन करोड, कृषि विकास बैंकले तीन अर्ब दुई करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले तीन अर्ब एक करोड, एनएमबि बैंकले दुृई अर्ब ७७ करोड, हिमालयन बैंकले दुई अब ७६ करोड, लक्ष्मी सनराइज बैंकले दुई अर्ब ३७ करोड सिद्धार्थ बैंकले दुई अर्ब २७ करोड, एनआईसी एशिया बैंकले दुई अर्ब २३ करोड, सिटिजन्स बैंकले एक अर्ब ७५ करोड, सानिमा बैंकले एक अर्ब ७४ करोड, कुमारी बैंकले एक अर्ब ६७ करोड नाफा कमाएका छन् ।

त्यस्तै, नेपाल एसबीआई बैंकले एक अर्ब ६६ करोड, माछापुच्छ्रे बैंकले एक अर्ब २८ करोड, नेपाल बैंक एक अर्ब सात करोड नाफा कमाएका छन् ।

प्रकाशित : २८ असार २०८१, शुक्रबार १९:१२