काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा व्यापाक सुधार भएको बताएका छन् ।
शुक्रबार संसदमा बोल्दै प्रधामन्त्रीले देश आर्थिक संकटको डिलबाट बाहिर आएको दावी गरेका हुन् । प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले भने,‘देश आर्थिक संकटको डिलबाट बाहिर आइसेको छ । अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहँदैन । मैले नेतृत्व लिने बेला देशको अर्थतन्त्रको अवस्था र अहिले धेरै फरक भइसकेको छ ।’
बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन आफूले निकै नै प्रयास गरेका उनको दाबी छ ।
उनले भने,‘अर्थतन्त्रमा देखापरेको तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप र पुँजी बजारमा आएको गिरावट लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएको छ । आर्थिक परिसूचकहरु क्रमशः सकारात्मक हुँदै गएका छन् ।’
Comment