शोधनान्तर स्थिति ४२५ अर्ब ६७ करोड बचतमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शोधनान्तर स्थिति ४२५ अर्ब ६७ करोड बचतमा



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा शोधानान्तर स्थिति बचतमा छ ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति ४२५ अर्ब ६७ करोड बचतमा छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २२४ अर्ब ९० करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा छ ।

समीक्षा अवधिमा चालू खाता २०० अर्ब ३९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई ५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोडले धनात्मक छ ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड कायम थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोडले धनात्मक थियो ।

प्रकाशित : २६ असार २०८१, बुधबार २१:५९