लक्ष्मी सनराइज बैंककाे संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी सनराइज बैंककाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । लक्ष्मी सनराइज बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

संस्थापक सेयरधनीहरूले सुचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम अन्य व्यक्ति, संस्था वा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अगाडी बढाईने कम्पनीले जनाएको छ ।

प्रकाशित : 9 July, 2024 11:27 am