सिन्धु विकास बैंकको अध्यक्षमा सुवेदी चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिन्धु विकास बैंकको अध्यक्षमा सुवेदी चयन



काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कर्मचारी संचयकोषबाट बैंकमा प्रतिनिधि गरेका उनलाई असार २२ गते सम्पन्न ४३३ औँ बैठकले उनलाई बैंकको अध्यक्षमा चयन गरेको हो ।

यसअघि असार १३ गते सम्पन्न ४३२ औं बैठकले निभा डंगोल श्रेष्ठलाई बैंकको सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो । उक्त निर्णयलाई पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै बैंकको सञ्चालक समितिले सुवेदीलाई अध्यक्षमा चयन गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : २४ असार २०८१, सोमबार १६:४५