गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार २१ गते बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मानन्धरसँग बित्तिय क्षेत्रमा २६ वष र इन्स्योरेन्स क्षेत्रमा २ वर्ष कार्य गरेको अनुभब रहेको छ ।

कम्पनीले मुलुक भरका २३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले ग्राहकको आवश्यकतालाई मध्यनजर गरी एटीएम सेवा, मोबाइल बैंकिङ जस्ता आधुनिक बैंकिङ सेवा समेत प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित : २३ असार २०८१, आईतवार १७:२३