दुई दर्जन बढी निर्माण कम्पनी कालोसूचीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुई दर्जन बढी निर्माण कम्पनी कालोसूचीमा



काठमाडौं । एकैपटक दुई दर्जन बढी निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले २८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार ती कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म काम गर्न नपाउने गरि कालोसूचीमा गरेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

कार्यालयकाअनुसार ५ वटा निर्माण कम्पनीलाई ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। यस्तै, ४ निर्माण कम्पनीलाई साढे २ वर्ष, ५ वटा २ वर्ष, ४ वटा डेढ वर्ष, २ निर्माण कम्पनीलाई एक वर्ष १ महिना कालोसूचीमा परेका हुन् ।

यता, अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको कार्यालय जनाएको छ । सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन नपाउने कार्यालयले जनाएको छ ।

प्रकाशित : २३ असार २०८१, आईतवार १३:३१