प्रभु बैंकको तीन लाख ३३ हजार कित्ता सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको तीन लाख ३३ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । प्रभु बैंकको सवा तीन लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको तीन लाख ३३ हजार ७८९ कित्ता सेयर बिक्रीमा राखिएको हो।

बैंकका विद्यमान संस्थापक सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज ९असार २१ गते० बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २१ असार २०८१, शुक्रबार १३:३९