बचतपत्र धनीलाई बचत फिर्ता लिन राष्ट्र बैंककाे आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बचतपत्र धनीलाई बचत फिर्ता लिन राष्ट्र बैंककाे आग्रह



काठमाडौं। नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको हो ।

नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र धनीहरुले परिपक्व भएको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै राष्ट्र बैंकले यसै सूचना मार्फत सबैलाई बुझिलिन आग्रह गरेको हो ।

प्रकाशित : २१ असार २०८१, शुक्रबार १२:१४