सेयर बजारमा सामान्य बृद्धि, काराेबार रकममा पनि सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य बृद्धि, काराेबार रकममा पनि सुधार



काठमाडौं । आज साताको दोस्रो दिन सोमबार सेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसुचक ३.२१ अंकले बढेर २०६६.१६ को विन्दुमा कायम भएको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक बढेको छ।

आज १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ। अघिल्लो कारोबार दिन चार अर्ब ३७ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३२२ कम्पनीको पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँ बराबरको एक करोड सात लाख सात हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।सबैभन्दा धेरै बुद्ध भुमि नेपाल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। यस माइक्रोफाइनान्सको आज २४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १० असार २०८१, सोमबार १५:२६