एक्सेल डेभलपमेन्ट बैंककाे साधारण सभा असार २९ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक्सेल डेभलपमेन्ट बैंककाे साधारण सभा असार २९ गते, यस्ता छन् एजेण्डा



काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असार २९ गते साधारण सभा गर्ने भएको छ । सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे हुनेछ ।

बैंकले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभा प्रयोजनका लागि बैंकले असार १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार १६ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : ७ असार २०८१, शुक्रबार ११:०९