गुहेश्वरी मर्चेन्ट फाइनान्सले ऋणपत्र निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुहेश्वरी मर्चेन्ट फाइनान्सले ऋणपत्र निष्काशन गर्ने



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको बैठकबाट २ लाख ६० हजार इकाई १००० रुपैयाँप्रति इकाई दरले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको छ ।

८ वर्षे अवधि रहने सो ऋणपत्रको व्याजदर ९ प्रतिशत र ६/६ महिनामा भुक्तानी हुने गरी जारी गरिने छ।

यस सम्बन्धमा अन्य नियमकिय प्रावधान पुरा गरी नेपाल राष्ट्र बैंकबाट स्विकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने छ ।

प्रकाशित : ६ असार २०८१, बिहीबार १५:३७