सेयर बजारमा सामान्य वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य वृद्धि



काठमाडौं । बजार बुधबार सामान्य बढेको छ । आज नेप्से २.२७ अंक बढेर २०७८.७६ विन्दुमा पुगेको हो। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

त्यस्तै, आज ३०८ कम्पनीको तीन अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको ७२ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य पनि उच्च अंकले बढेको छ। यता मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य भने सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स नै शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज २० करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ५ असार २०८१, बुधबार १५:४१