सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्यज्योति लाइफको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले तीन लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा आएको हो ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यी सेयर प्रतिकित्ता २१० रूपैयाँमै बिक्री हुने छ । विद्यमान संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले असार ४ गतेदेखि ११ गतेसम्ममा आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र निर्धारित मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम ५ हजारदेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

इच्छुक आवेककहरूले बिक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथलीसँगै शाखा कार्यालय बिराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्ने छन् ।

प्रकाशित : ४ असार २०८१, मंगलवार १२:०८