कुमारी बैंककाे मुद्दती निक्षेपमा घट्याे ब्याजदर, कुनमा कति ब्याज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंककाे मुद्दती निक्षेपमा घट्याे ब्याजदर, कुनमा कति ब्याज ?



काठमाडौं । कुमारी बैंकले असार १ गतेदेखि मुद्दती निक्षेपमा ६.७६ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले असारका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपको अधिकतम ब्याज ६.७६ प्रतिशत रहेको छ ।

बैंकले व्यक्तिगत तर्फ ५ वटा मुद्दती खाता सञ्चालन गर्दै आएको छ । यस्तै संस्थागत तर्फ ५.६१ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले बचत खातामा ३.२६ देखि ५.२६ प्रतिशत ब्याज दिने जनाएको छ ।

बैंकको वैशाख मसान्तसम्मको आधारदर ९.५१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३.०१ प्रतिशत ब्याज लाग्छ ।

प्रकाशित : ३२ जेष्ठ २०८१, शुक्रबार १२:३२