भ्रष्टाचार मुद्दामा दोषी ठहर लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भ्रष्टाचार मुद्दामा दोषी ठहर लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद



काठमाडौं । लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको कैद सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले इञ्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाएका हुन् ।

विशेष अदालतले अभियुक्त भट्टराईबाट ८० लाख रुपैयाँ बिगो असुल्नुपर्ने फैसला गर्दै त्यति नै रकम जरिवाना गर्नुपर्ने ठहर गरेको छ । कोषसँग सम्बन्धित ठेक्काको काम पाएको ठेकेदारसँग घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २५ गते उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहीबार १६:३६