चार लुघवित्त एक आपसमा मर्ज हुँदै, राष्ट्र बैंकले दियाे मर्जरको अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चार लुघवित्त एक आपसमा मर्ज हुँदै, राष्ट्र बैंकले दियाे मर्जरको अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थालाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । केन्द्रीय बैंकले २९ जेठमा मर्जरको अन्तिम स्वीकृति दिएको हो ।

किसान लघुवित्तको रजिस्टर्ड कार्यालय कैलालीमा छ भने जाल्पा सामुदायिक लघुवित्तको रुपन्देही बुटवलमा छ ।

मर्जपछि बन्ने संस्थामा जाल्पा सामुदायिक लघुवित्त सेयरधनीको १ कित्ता सेयर बराबर किसान लघुवित्तका सेयरधनीको ०.८८३४ कित्ता सेयर अर्थात् १ः०.८८३४ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जर हुने भएको हो ।

दुई संस्था मर्जपछि बन्ने एकीकृत संस्थाले मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने छ।

यस्तै गोरखामा कार्यालय रहेको साधना लघुवित्त र तनहुँमा कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थालाई पनि मर्जरका लागि राष्ट्र बैंकले सवीकृति दिएको छ।

दुई संस्था मर्जरपछि राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने गरी राष्ट्र बैंकले स्वीकृति दिएको हो । दुवै संस्था १ः१ को सेयर स्वाप रेसियोमा मर्जरमा गएका हुन् ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहीबार १४:३३