राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट फेरि ३५ अर्ब तान्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट फेरि ३५ अर्ब तान्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार फेरि ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। बैंकले जेठ यता यो १० औँ पटक बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

राष्ट्र बैंकले उक्त निक्षेप संकलन उपकरणको लागि आज अपराह्न ३ बजे बोलकबोल हुने जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको असार १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले गत जेठ २५ गते ३० अर्ब रुपैयाँ, जेठ २४ गते ४० अर्ब रुपैयाँ, जेठ १८ गते २५ अर्ब रुपैयाँ, जेठ १७ गते ५० अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहीबार १२:५७