प्रभु बैंक र आगन्तुक रिसोर्ट बीच विशेष छूट सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंक र आगन्तुक रिसोर्ट बीच विशेष छूट सम्झौता



काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई धुलिखेलमा रहेको आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा विशेष छूट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार तथा बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छूट प्राप्त गर्न सक्ने छन् ।

चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाईकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश,जुगल जस्ता अन्य बिभिन्न हिमश्रृंखलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ ।

आन्तरिक एवंम बाह्य पर्यटकका लागि काभ्रे जिल्ला उत्तम र रमणीय स्थलको रुपमा प्रख्यात छ । बिहानको सूर्योदयदेखि साँझ अस्ताएको सुर्यास्थको दृश्य अवलोकन पनि गर्न सकिन्छ ।

कम्पनीले नेपालभर ३०३ शाखा कार्यालयहरु, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत् करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको बताएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहीबार १२:२६