काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स आज जेठ ३० गतेबाट विधिवत कारोबार संचालन गरेको २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।
विगत २२ वर्ष देखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएकोमा यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ६ वर्षदेखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित श्री अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता सम्पन्न गरिएको छ ।
साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको २२औं वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।
यस संस्थाको प्रधान कार्यालय समेत २३ शाखा कार्यालयहरु र ४ एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ्ग सेवाहरु जस्तै एटीएम सेवा, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, ईसीसी, आरटीजीएस सेवा, आईपीएस/कनेक्ट आईपीएस सेवा, कर्पोरेटपे सेवा, क्यूआर पेमेन्ट सेवा सेफ डिपोजित लकर सुविधा, टपअप फेसिलिटीज, विभिन्न विप्रेशन सेवा तथा डीपी सेवा र सी–आश्वा सेवा प्रदान गर्दै आइ रहेको तथा संस्थामा व्यक्तिगत निक्षेप खाताको लागि रु. ५ लाखसम्मको निक्षेप बीमा गरिएको छ ।
संस्थाले आज विज्ञप्ति प्रकाशित गरी २२औं वार्षिकत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहकहरु, शेयरधनीहरु, शुभचिन्तक, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरु प्रति कृतज्ञता पूर्वका हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा अझ सुदृढ, सरल, विश्वसनीय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
Comment