विद्यार्थी उद्यमीलाई सम्मान गर्न कार्यक्रम सञ्चालन गर्दै एनवाईईएफ,कसरी दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विद्यार्थी उद्यमीलाई सम्मान गर्न कार्यक्रम सञ्चालन गर्दै एनवाईईएफ,कसरी दिने आवेदन ?



काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ९एनवाईईएफ० काठमाडौं च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्मीलाई सम्मान गर्ने उद्देश्यले उसले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो ।

विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको उक्त च्याप्टरकी अध्यक्ष प्रार्थना शाखले बताइन् ।

‘हाम्रो उद्देश्य भनेकै उदयमशीलतालाई प्रवर्द्धन गर्ने हो,’ उनले भनिन, ‘त्यसै अनुसार उद्यमशिलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका विद्यार्थीलाई सम्मान गर्दैछौं ।’

इमर्जिङ लिडरका लागि विद्यार्थी कालमै उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका उद्यमीले आवेदन दिन सक्ने छन् । आवेदन, उद्यमी स्वंय आफैले वा अरूले पनि दिन सक्ने छन् ।

इमर्जिङ लिडरका लागि आवेदन दिने उम्मेदवार ३० वर्षभन्दा कम उमेरको नेपाली विद्यार्थी हुनुपर्नेछ ।इमर्जिङ लिडरका लागि आवेदन खुला भइसकेको छ । इमर्जिङ लिडरका लागि आगामी असार २ गतेसम्म आवेदन दिन सकिने छ ।

प्राप्त आवेदन मध्येबाट सूचना प्रविधि, सामाजिक प्रभाव, शिक्षा, ई(कमर्स र रिटेल, दिगो, वातावरण र कृषि गरेर पाँच विधामा १० जनालाई इमर्जिङ लिडरको रूपमा सम्मान गरिने छ । प्राप्त आवेदनको आधारमा निर्णायकहरूले उत्कृष्ट विद्यार्थी उद्यमीको छनौट गर्ने छन् ।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार १२:५१