नेपाल विद्युत प्राधिकरणले कमायाे ११ अर्ब ६ करोड नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल विद्युत प्राधिकरणले कमायाे ११ अर्ब ६ करोड नाफा



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीले ११ अर्ब ६ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड रुपैयाँ थियो । गत आवको मुनाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ९३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १५:२९