राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस बीच क्रस बोर्डर कारोबार गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस बीच क्रस बोर्डर कारोबार गर्ने सम्झौता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस(एनसीएचएल) बीच क्रस बोर्डर कारोबार गर्ने सम्झौता भएको छ । उक्त बैंकका ग्राहकहरु तथा भारतीय ग्राहकहरुले एक देशबाट अर्को देशमा मोवाईल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोबार गर्न सक्नेगरि डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई कम्पनीहरु बीच सम्झौता भएको हो ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) देबेन्द्ररमण खनाल र एनसीएचएलका तर्फबाट सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र बिभागीय प्रमुख ऋषि राम ढकाल उपप्रमुख दिनेश ओझा तथा एनसीएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारि र मनिष पटेलको पनि उपस्थिति थियो ।

यो सम्झौतापछि नेपाल भित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने छ । यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सिमा र परिधिभित्र रहेर गर्न सकिने छ । एनसीएचएलको माध्यमबाट यस्ता कारोबारहरु हुनेछन ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १४:५७