नेप्सेमा सामान्य गिरावट, चार अर्ब ३८ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा सामान्य गिरावट, चार अर्ब ३८ करोडकाे काराेबार



काठमाडौं । बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ । परिसूचक १.९३ अंक घटेर २०७७.७८ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।

३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै आज इमर्जिङ्ग नेपाल, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २४ जेष्ठ २०८१, बिहीबार १५:४९