काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापकतर्फका दुई जना सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा संघरसंस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले आगामी सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
शेयर खरिद गर्न चाहने लगानीकर्ताले कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्नुपर्ने छ ।
Comment