हिमालयन ब्रोक्रेजको अफरः आजको क्रिकेट विश्वकपको नतिजा मिलाउने १० जनालाई फ्रि डिम्याट खाता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन ब्रोक्रेजको अफरः आजको क्रिकेट विश्वकपको नतिजा मिलाउने १० जनालाई फ्रि डिम्याट खाता



काठमाडौं । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटको भविष्यवाणी गरी फ्रि डिम्याट खाता खोल्न पाइने अफर ल्याएको छ ।

जस अन्तर्गत क्रिकेट विश्वकपको आजको खेलमा कति स्कोर हुन्छ त्यसको नजिक मिलाउने १० जना ग्राहकलाई फ्रि डिम्याट खाता खोलिदिने भएको छ । यसमा सहभागि हुनका लागि स्कोर कति हुन्छ भविष्यबाणी गर्नुपर्ने छ । त्यस्तै, हिमालयन ब्रोकेजको पेज लाइकफलो गनुपर्नेछ साथै कम्तीमा दुई जना साथिलाई ट्याग गर्नु पर्नेछ ।

दोस्रोपटक आइसिसी टी–२० विश्वकप क्रिकेटमा सहभागी नेपालले मंगलबार समूह ‘डी’ मा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सको सामना गर्दै छ । अमेरिकाको डालासमा नेपाली समय अनुसार राति ९ः१५ बजे खेल हुनेछ । यी दुबै टोलीले समूहको पहिलो खेलमा जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहन्छन् । नेपालको समूहमा टेस्ट्र खेल्ने राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलवार १७:०९