ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन सर्वोच्च अदालतकाे अन्तरिम आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन सर्वोच्च अदालतकाे अन्तरिम आदेश



काठमाडौं ।ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई स्वयंसेवकका रूपमा सडकमा नखटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाहीमा परेका सवारीचालकलाई गत बुधबारबाट पोसाक लगाएर ट्राफिक प्रहरीसँगै सडकमा खटाउन सुरु गरेपछि त्यसविरुद्ध शुक्रबार रिट दर्ता भएको थियो।

गृह मन्त्रालय, ट्रफिक महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै परेको  रिटमा सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको छ।

प्रकाशित : २० जेष्ठ २०८१, आईतवार १७:३१