१३.५१ अंकले उकालाे लाग्याे नेप्से, चार अर्ब ३१ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१३.५१ अंकले उकालाे लाग्याे नेप्से, चार अर्ब ३१ करोडकाे काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार बढेको छ। आज बजार १३.५१ अंकले बढेर नेप्से परिसूचक २०८३.०४ विन्दुमा बन्द भएको छ।

त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स १.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक बढेको छ ।

आज नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३२५ वटा कम्पनीको कुल ९६ लाख ९७ हजार २०६ कित्ता सेयर चार अर्ब ३१ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ । गत साताको शुक्रबार भने चार अर्ब २१ करोड रुपैयाँ बराबरको भएको थियो।

आज १७४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६१ वटा कम्पनीको घटेको छ । बाँकी १२ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

कारोबारमा आज म्युचुअल फण्ड, लगानी समूह र उत्पादन तथा प्रोसेसिङ उपसमूह बाहेक अरु सबै उपसमूहमा हरियाली छाएको छ। आज व्यापार उपसमूह सबैभन्दा धेरै ६.५६ प्रतिशतले बढेको छ। यो दिन सर्वाधिक बढ्ने दोस्रोमा वित्त उपसमूह रहेको छ। त्यस्तै बैंकिङ उपसमूह १.११, विकास बैंक उपसमूह ०.२२ तथा होटल तथा पर्यटन ०.४६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज दुई वटा अलग( अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा मल्टिप्रपोज फाइनान्स र मकर जितुमाया हाइड्रोपावर रहेका छन् । साथै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्सको सेयर सबैभन्दा धेरै भएको छ । यस फाइनान्सको आज २२ करोड ६४ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

प्रकाशित : २० जेष्ठ २०८१, आईतवार १५:५२